नियम
जीवबनाशक बिषादीको पञ्जीकरण
(१) नियम ३ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न कागजात तथा विवरणको सम्बन्धमा केन्द्रले ऐनको दफा ३ को उपदफा (३) बमोजिम आवश्यक छानबिन गर्दा निवेदकले नियम ४ बमोजिमका सर्त पूरा गरेको रु ऐन तथा यस नियमावली बमोजिम जीवनाशक/ विषादी पञ्जीकरण गर्न उपयुक्त देखिएमा निवेदन प्राप्त भएको मितिले साढी दिनभित्र त्यस्तो जीवनाशक विषादीको पञ्जीकरण गरी अनुसूची-२ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम केन्द्रले जीवनाशक विषादीको पञ्जीकरण गर्दा अनुसूची-३ बमोजिमको शुल्क लिई निवेदकलाई अनुसूची-४ बमोजिमको ढाँचामा पञ्जीकरण प्रमाणपत्र दिनु पर्नेछ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रले देहायको कुनै अवस्थामा जीवनाशक विषादीको पञ्जीकरण गर्न इन्कार गर्न सक्नेछ:-

(क) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादी समितिले निर्धारण गरेको / गुणस्तर अनुरुप नपाइएमा,

(ख) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादीको उपयोगिता र आवश्यकता प्रमाणित हुन नसकेमा,

(ग) पञ्जीकरण गराउनको लागि झुट्टा वा अपुष्ट कागजात तथा विवरण पेस गरिएको देखिएमा,

(घ) पञ्जीकरण गराउन चाहेको जीवनाशक विषादीको उपयोगले मानिस, पशुपन्छी, जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल. असर पर्ने देखिएमा,

(ङ) नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुरूप त्यस्तो जीवनाशक विषादी पञ्जीकरण योग्य नभएमा,

(च) नियम ४ बमोजिमका सर्त पूरा गरेको नपाइएमा।

(४) उपनियम (३) बमोजिमको अवस्थामा पञ्जीकर्‌णको लागि निवेदन प्राप्त भएको मितिले साढी दिनभित्र निर्णय गरी पञ्जीकरण गराउन नसकिने कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ।

(५) उपनियम (४) बमोजिमको निर्णयमा चित्त नबुझ्ने “निवेदकले निर्णयको जानकारी प्राप्त भएको मितिले तीस दिनभित्र समिति समक्ष पुनरावेदन दिन सक्नेछ।

(६) उपनियम (५) बमोजिम परेको पुनरावेदन उपर समितिले गरेको निर्णय अन्तिम हुनेछ।